कारोबार


मर्जरका लागि प्रतिवद्ध बैंकको संख्या १९

मर्जरका लागि प्रतिवद्ध बैंकको संख्या १९

नेपालखबर
असार २५, २०७६ बुधबार १३:४६,

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै छ। नेपाल राष्ट्र बैंकले विग मर्जर चाहेको र मौद्रिक नीति अघि त्यसको लागि प्रतिवद्धता पेश गर्न गभर्नर चिरञ्जीवी नेपालले निर्देशन नै दिएपछि बैंकहरुको प्रतिवद्ध हुने क्रम बढिरहेको छ।

उक्त प्रतिवद्धता अनुसार ग्लोबल आइएमई बैंक र जनता बैंकले त मर्जरको सम्भौता नै गरिसकेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार हालसम्ममा मर्जरका लागि प्रतिवद्धता जनाउने बैंकहरुमा नेपाल बंगलादेश, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड, एसबिआई रहेका छन्। त्यस्तै गरी एनएमबी, सनराइज, लक्ष्मी, एनसीसी, सानिमा, सिभिल, माछापुच्छ्रे, सेन्चुरी, इन्भेष्टमेन्ट, एनआइसी एसिया, हिमालयन, कुमारी, मेगा बैंकले पनि मर्जरको लागि प्रतिवद्धता पेश गरका छन्।

आगामी आर्थिक वर्षको बजेटले पनि मर्जरलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै गर्भनर नेपालले बैंकका सीईओ र अध्यक्षलाई बोलाएर मर्जरको लागि तयारी हुन र त्यसको प्रतिवद्धता समेत पेश गर्न भनेका थिए।

असार १२ गते भएकोे छलफलमा विकास बैंक तथा अन्य वित्तिय कम्पनीलाई पनि बोलाइएको थियो। उनीहरुलाई पनि एक आपसमा मर्जर गर्न तथा वाणिज्य बैंकहरुसँग गाभिन निर्देशन दिइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad