भैंसेपाटीस्थत प्रहरी प्रभागकाे हिरासतबाट साेमबार भागेका दुई बन्दी बाैद्धबाट पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार हिरासतबाट भागेका तीनमधये रुद्र श्रेष्ठ र शमशेर माझी पक्राउ परेका हुन्।
भैँसेपाटी प्रहरी प्रभागको हिरासतबाट सोमबार राति थुनुवाहरू शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना फरार भएका थिए। उनीहरु ग्रिल उप्काएर भागेको प्रहरीले जनाएको छ।
श्रेष्ठ र माझी बुधबार पक्राउ परेपनि तिमिल्सिना अझै फरार छन्। उनकाे ब्यापक खाेजी भइरहेकाे छ।
फरार तीन थुनुवामा आज पक्राउ परेका दुई जना डाँका र अर्का एक जना लागुऔषध मुद्दाका अभियुक्त हुन्।
अभियुक्तहरुले गत वैशाख १५ गते साँझ ललितपुरकाे गोदावरी नगरपालिका ९ छम्पी स्थित केशब थापा समेतको घरमा ताला फुटाई बिभिन्न धनमाल चोरी गरेकाे आराेप छ। यस्तै जेठ २८ गते राती ललितपुरकाे लगनखेल स्थित बसपार्कको स्पिड सर्भिस प्रा.लि. बाट चाबी फोडी सो कार्यालयमा रहेको बिभिन्न धनमाल चोरी गरि लगेको प्रहरीले जनाएकाे छ।
हिरासतबाट बन्दी भागेकाे घटना छानबिनका लागि एसपी दुर्गा सिंह (चन्द) को नेतृत्वमा समिति गठन गरिएको छ।
Shares

प्रतिक्रिया