नेपाल विद्युत् प्राधिकरणले जेनजी सहिद परिवारलाई रोजगारी दिने भएको छ। रोजगारीका लागि प्राधिकरणमा प्रस्ताव गरेका जेनजी सहिद परिवारलाई सम्पर्कमा आउन भनिएको हो।
गत भदौ २३ र २४ को जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बनधी कार्यविधि २०८२ को बुँदा नम्बर ११ मा सहिद परिवारका सदस्यलाई रोजगारीसम्बन्धी व्यवस्था मिलाउने भनिएको थियो।
सोहीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत पुस २० मा पत्र पठाएको थियो। सोअनुसार २७ जनाले रोजगारीका लागि आवेदन दिएका थिए। सोही अनुसार प्राधिकरणले उनीहरुको निवेदन पाएको भन्दै सहिद परिवारले पाउने सुविधा उनीहरुबाहेक अरु कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्राधिकरण केन्द्रीय कर्मचारी प्रशासन शाखा काठमाडौंमा निस्सा प्रमाणसहित सम्पर्क राख्न भनेको छ।

Shares

प्रतिक्रिया