भक्तपुर, काभ्रे, सुनसरी र सप्तरीमा चार जनाको शव फेला परेको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुबाकोट ढुङ्गेधारा नजिकै रहेको हनुमन्ते खोलाको किनारमा करिब ३२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ।
हाल ती युवकको सनाखत हुन सकेको छैन।
त्यसैगरि सुनसरीको हरिनगर गाँउपालिका-१ भुटाहा बजारमा पनि एक जनाको शव फेला परेको छ।
उक्त शव भारत मोतिहारी घर भएका ३६ वर्षीय ईजरायल अन्सारीको रहेको प्रहरीले जनाएको छ।
त्यसैगरि सप्तरीको सप्तकोसी नगरपालिका-१ फत्तेपुर बस्ने ५० वर्षीय रबिराज नेपाली पनि मृत भेटिएका छन्।
सोही नगरपालिका-२ टेङग्रास्थित खेतमा उनी मृत अवस्थामा फेला परेका हुन्।
त्यसैगरि काभ्रेको मण्डनदेउपुर नगरपालिका-२ चिसापानीस्थित दुवाचौर जंगलमा पनि एक वृद्ध मृत फेला परेका छन्।
उक्त शव भक्तपुरको चाँगुनारायण नगरपालिका-८ बस्ने ६४ वर्षीय अर्जुन काफ्लेको रहेको प्रहरीले जनाएको छ।
यी सबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया