ad ad

कारोबार


होस्टल व्यवसाय संकटमा परेको भन्दै व्यवसायीले अर्थमन्त्रीलाई मागपत्र बुझाए

होस्टल व्यवसाय संकटमा परेको भन्दै व्यवसायीले अर्थमन्त्रीलाई मागपत्र बुझाए

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ६:४६,

कोरोना भाइरसको कारण आफ्नो व्यवसाय गम्भीर जोखिमा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग सहयोग माग गरेका छन्।

राष्ट्र बैंकले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचीमा होस्टल व्यवसाय समावेश नगरेपछि अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष नेपाल होस्टल एसोसिएसनले माग पत्र पेस गरेका हुन्।

आफ्नो आठौँ वार्षिक उत्सव मनाइरहेको एसोसिएसनले सरकारलाई बुझाएको माग पत्रमा घर भाडा छुटको लागि सरकारबाट समन्वयको अपेक्षा गरिएको छ ।

अध्यक्ष भक्ति प्रसाद पाठक र महासचिव रुपाली पौडेलद्वारा हस्ताक्षरित सो पत्रमा लेखिएको छ, ‘व्यवसायीलाई सर्वाधिक गाह्रो परेको घर भाडा सम्बन्धी विषयमा राज्यको तर्फबाट आम होस्टल व्यवसायीका घरधनीलाई भाडा छुटको लागि सरकारद्वारा आव्हान गरिदिनुहुन समेत विशेष अनुरोध गर्न चाहन्छौँ।‘

उक्त माग पत्रमा होस्टल व्यवसायलाई जोगाउन र यसले पुर्‍याउँदै आएको सेवालाई पुनर्स्थापित गर्न सरकारले तयार गर्ने राहत उपलब्ध गराउनुपर्ने व्यवसायको सूचीमा होस्टल व्यवसायलाई समेत समावेश गर्न अनुरोध गरिएको छ । होस्टल व्यवसायलाई समेत सुलभ ऋण प्राप्त हुने व्यवस्थाका लागि अर्थमन्त्रीको सो माग पत्रमा ध्यानाकर्षण गराइएको छ ।

देशभर १२ सयभन्दा बढी होस्टल रहेका छन् । होस्टलमा व्यवसायीहरुको सवा अर्बभन्दा बढी लगानी रहेको छ। यसले ६० हजारभन्दा बढी सेवाग्राहीलाई सुलभ आवास र खानपानको व्यवस्था गर्दै आएको एसोसिएसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .