ad ad

समाज


न्युयोर्कमा अन्त्येष्टि ‘क्यु’मा रहेका ४ ट्रक शव कुहिएपछि...

न्युयोर्कमा अन्त्येष्टि ‘क्यु’मा रहेका ४ ट्रक शव कुहिएपछि...

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार ६:२६,

यो एउटा त्यो सहरको गैरकाल्पनिक कथा हो जो ४ महिना अघिसम्म अन्तर्राष्ट्रिय व्यापारको केन्द्र मानिन्थ्यो। आकाश छुने ठूला भवनको पहिचान बनाएको न्युयोर्क अमेरिकाकै सबैभन्दा बढी जनघनत्वको सहर पनि हो।

न्युयोर्क सहरकै यो एउटा त्यस्तो घटना हो जसले वर्तमानको यथार्थ प्रस्तुत गर्छ।

अप्रिल ३० को बिहान ११ बजेतिर न्युयोर्क प्रहरीमा एउटा फोनको घन्टी बज्यो। फोनको आवाजले भन्यो, ‘उटिका एभिन्यु, ब्रुकनिल शव दाहगृह अगाडि राखिएका ट्रकबाट भयानक दुर्गन्ध आइरहेको छ। ट्रकबाट तरल पदार्थ झरिरहेछ। के भएको होला!?’ त्यो फोन शवदाह गृह छिमेकीले प्रहरीलाई गरेका थिए।

केही समयपछि प्रहरी टोली शवदाह गृह पुग्यो। त्यहाँ पार्क गरेर राखिएका ४ वटा ट्रक देखिए। भाडाका ती ट्रकमा वाणिज्यसँग सम्बन्धित सामान थिएनन्। सबैमा मृत्यु भएका मानिसका शव थिए।

न्युयोर्क टाइम्सका अनुसार त्यहाँ ६० भन्दा बढी शव थिए। ती सबै अन्त्येष्टिका लागि पालो पर्खाइमा थिए।

अन्त्येष्टि गृह अति व्यस्त भएकाले जलाउन नपाएपछि शव ‘क्यु’मा परेका थिए। त्यहाँ शव राख्न ठूलो फ्रिज छ। त्यो पनि भरिएपछि आइस हालेर ट्रकमै शवहरु राखिएका थिए।

एउटा ट्रकको आइस पग्लिएपछि शव कुहिए। कुहिएका लाशको दुर्गन्ध वरपर फैलियो। त्यही दुर्गन्धले छिमेकी अप्ठ्यारोमा परेपछि प्रहरीमा जानकारी पुगेको हो।

दुर्गन्ध फैलिएपछि न्युयोर्क सहरका अध्यक्ष एरिक एडम आफैँ बुधबार अपारन्ह त्यहाँ पुगे। उनले प्रहरी र शव दाहगृहका अधिकारीसँग छलफल पनि गरे। ‘सबै ट्रकभरि शव रहेछन्। ट्रकलाई उनीहरुले ब्याकअपको रुपमा प्रयोग गरेका छन्। यसले मृतकका परिवारलाई आघात पुगेछ’, न्युयोर्क टाइम्ससँग उनले भनेका छन्।

कोरोना महामारीपछि न्युयोर्कमा शव अन्त्येष्टिका लागि नियमहरु केही परिवर्तन भएका छन्। कुनै पनि शव आफन्तले १४ दिनभित्र दाबी गरेनन् भने प्रहरीले अन्त्येष्टि गरिदिन्छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण न्युयोर्कमा १८ हजार १५ जनाको मृत्यु भएको छ।

संक्रमितका कारण न्युयोर्कका अस्पताल बेड पाउन मुस्किल छ। मृतकको शव अन्त्येष्टि गर्न लाइन पर्खिनु परिरहेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .