ad ad

कारोबार


कोरोनाले अमेरिकी अर्थतन्त्रमा गम्भीर धक्का, दसकयताकै ओरालो यात्रामा

कोरोनाले अमेरिकी अर्थतन्त्रमा गम्भीर धक्का, दसकयताकै ओरालो यात्रामा

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १:३८,

कोरोना महामारीका कारण अमेरिकाको अर्थतन्त्र दसकयताकै ओरालो लागेको छ।

यस वर्षको पहिलो ३ महिनाको तथ्यांकअनुसार अमेरिकी अर्थतन्त्रमा दसकयताकै सबैभन्दा गम्भीर संकुचन देखापरेको हो।

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन लगाइएपछि अमेरिकाको अर्थतन्त्र ओरालो लागेको पाइएको बीबीसीले जनाएको छ।

बुधबार सार्वजनिक विवरणअनुसार विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रमा ४ दशमलव ८ प्रतिशतको वार्षिक गिरावट आउने देखिएको हो।

optimisedamerica

सन् २०१४ पछियताकै यो ठूलो आर्थिक संकुचन हो। यसले कीर्तिमानी आर्थिक विस्तारको सम्भावना समाप्त पारिदिएको छ।

अमेरिकी केन्द्रीय बैंकका नीति निर्माताले बुधबार कोरोना भाइरसको महामारी अमेरिका तथा विश्वकै लागि गम्भीर मानवीय र आर्थिक कठिनाइको कारक बनेको बताएका छन्।

अमेरिकाले थप व्ययभारका लागि करिब ३ ट्रिलियन डलर खर्चिने भएको छ। त्यसमा धेरै परिवारलाई प्रत्यक्ष रूपमा नगद दिइने कार्यक्रम छ।

फेडेरल रिजर्भका अध्यक्ष जेरोम पाउलले बुधबार बैंकले चालेका नयाँ कदम अर्थतन्त्र आफ्नो गतिमा नआउन्जेल जारी रहने बताए। अहिलेको संकट निकै तीव्र हुनसक्ने चेतावनी पनि उनले दिएका छन्।

अमेरिकामा अहिले ऐतिहासिक रूपमा व्यापार र उपभोक्ताको आत्मविश्वासमा कमी देखिएको छ।

यसैबीच कोरोना महामारीका कारण चीनमा पनि अर्थतन्त्रमा निकै गिरावट देखिएको छ।

यो वर्षको पहिलो तीन महिनामा त्यहाँको अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट देखिएको हो। जुन सन् १९९२ यताकै सबैभन्दा ओरालो अवस्था हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .