ad ad

समाज


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन २३ सय भन्दा धेरैको मृत्यु

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन २३ सय भन्दा धेरैको मृत्यु

नेपालखबर
बैशाख १८, २०७७ बिहिबार १:७,

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउको संख्या घट्न सकेको छैन। गएको आइतबार र सोमबार मृत्यु केही कम भएपनि मंगलबार र बुधबार अमेरिकमा दैनिक दुई हजार भन्दा धेरैको मृत्यु भएको छ।

गएको २४ घण्टामा अमेरिकामा यसको संक्रमणबाट २३ सय ५२ जनाले ज्यान गुमाएका छन्। योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या ६१ हजार ६ सय १८ पुगेको छ।

बुधबार विश्वभर कोरोना संक्रमणबाट ६४ सय ५८ जनाले ज्यान गुमाएका छन्। यो सँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेका संख्या २ लाख २७ हजार ९ सय २५ पुगेको छ।

बिहीबार साढे ६ बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३२ लाख १६ हजा ९ सय ६७ पुगेको छ। गएको २४ घण्टामा विश्वभर कोरोनाका ८० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ।

अमेरिकामा मात्रै संक्रमितको संख्या १० लाख ६३ हजार नाघेको छ। बुधबार एकै दिन अमेरिकामा साढे २७ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।

त्यसैगरी युकेमा बुधबार ७६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै स्पेनमा ४५३, फ्रान्समा ४ सय २७, ब्राजिलमा ४४८, इटालीमा ३२३, मेक्सिकोमा १३५, स्वीडेनमा १०७, नेदरल्यान्डमा १४५, क्यानाडामा १३७, बेल्जियममा १४५, रसियामा १०५, जर्मनीमा ९१, टर्कीमा ८९, इरानमा ८०, पेरुमा ८९ जनाले ज्यान गुमाएका छन्।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ७१ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या एक हजार ७९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार नाघेको छ।

त्यहाँ बुधबार मात्रै १७ सय ३८ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .