कारोबार


कुलमानले भने– मलाई माननीय नभनिदिनुहोला, मन्त्रीज्यू भने पुग्छ

कुलमानले भने– मलाई माननीय नभनिदिनुहोला, मन्त्रीज्यू भने पुग्छ

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १५:३६, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभनिदिन अनुरोध गरेका छन्।

चुनौतीपूर्ण घडीमा देशका लागि काम गर्न आएको बताउँदै उनले मन्त्रीज्यू मात्रै भने पुग्ने बताएका हुन्।

‘देशको सेवा कसरी गर्न सकिन्छ, चुनौतीपूर्ण घडीमा आएका छौँ । देशलाई समृद्धि, राजनीतिक स्थिरतातिर कसरी अगाडि बढाउने ठूलो चुनौती लिएर आएका छौँ। यो चुनौतीबाट भाग्नुहुन्न स्वीकार्नुपर्छ भनेर आएका छौँ’, उनले भने, ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौँ। कसैले नभनिदिनुहोला। मन्त्रीज्यू भने भइहाल्छ।’

तीनवटा मन्त्रालयको जिम्मेवारी रहेको बताउँदै उनले एक जिम्मेवार नागरिकको हैसियतले आएको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad