नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन्।
सोमबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफ्नो सेवा सुविधा सहिद परिवारलाई प्रदान गर्ने निर्णय गरेका हुन्। उनले आफूलाई माननीय नभन्न पनि भनेका छन्।
उनले आजैमात्र पद तथा गोपनीयताको शपथ लिएका हुन्। त्यस्तै उनी विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक पनि हुन्।
216
Shares

प्रतिक्रिया