राजनीति


अस्पतालको इमर्जेन्सीमै अश्रुग्यास, सिभिलका डाक्टर भन्छन्– यो त युद्ध अपराधभन्दा पनि बढी भो

अस्पतालको इमर्जेन्सीमै अश्रुग्यास, सिभिलका डाक्टर भन्छन्– यो त युद्ध अपराधभन्दा पनि बढी भो

नेपालखबर
भदौ २३, २०८२ सोमबार १७:२०, काठमाडौँ

जेनजीको प्रदर्शनका क्रममा प्रहरीले अत्यन्त दमन गरेको छ। 

सोमबार जेनजीले  बानेश्वर क्षेत्रमा गरेको सरकारविरुद्धको प्रदर्शनका क्रममा घाइतेको उपचार भइरहेको अस्पतालको इमर्जेन्सी रुममै अश्रुग्यास प्रहार गरेको हो। 

नजिकै रहेको सिभिल अस्पतालमा प्रहरीको चरम दमनपछि घाइते सम्हाल्न मुस्किल भइरहेको थियो। यस्तोमा प्रहरीले इमर्जेन्सीमै अश्रुग्यास हानेको पीडित घाइतेहरुले बताएका छन्। 

अस्पतालले पनि चरम दमन भएको भन्दै युद्ध अपराधको संज्ञा दिएको छ। 

सिभिलका डा. अभिशेक कुमार झाले भने, ‘यो त युद्ध अपराधभन्दा चर्को भयो।’

घाइतेको संख्या बढ्दै जाँदा उपचार गर्न समेत सास्ती भोग्नुपरेको थियो। 

डा. झाले सबै डक्टर र स्वास्थ्यकर्मीलाई अवस्था सम्हाल्न निकै गाह्रो भएको बताए। 

यो समाचार तयार पार्दासम्म सोमबारको प्रदर्शनमा प्रहरीले गरेको दमनबाट १८ जनाको मृत्यु भइसकेको छ। सिभिलसहित विभिन्न अस्पतालहरुमा सयौँ घाइतेको उपचार जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad