कारोबार


धान दिवसमा खेत पुगेका नेता : सिटौलाले राँगा नारे, नेपालले बीउ बाँडे (तस्बिरहरू)

धान दिवसमा खेत पुगेका नेता : सिटौलाले राँगा नारे, नेपालले बीउ बाँडे (तस्बिरहरू)

रासस
असार १५, २०८२ आइतबार १४:१४, काठमाडौँ

असार १५ लाई नेपालमा राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरिएको छ। 

यस दिन राष्ट्रपतिदेखि मन्त्री–नेताहरुसम्म खेतमा पुगेर रोपाइँलाई उत्सवका रुपमा मनाउने गरेका छन्। 

सोही क्रममा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमै राष्ट्रपति कार्यालयले आयोजना गरेको रोपाइँ कार्यक्रममा सहभागी भएका छन्। 

उनीबाहेक सरकारकै मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरु भने कृषकका खेतमै पुगेर रोपाइँमा सहभागी भएका छन्। 

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, राष्ट्रिय किसान आयोग र राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क)ले खुमलटारमा आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा धान रोपणमा सहभागी भए। 

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालले आइतबार तारकेश्वर नगरपालिका ६ धर्मस्थलीमा अखिल नेपाल किसान महासंघ र नेकपा (एकीकृत समाजवादी) तारकेश्वरले राष्ट्रिय धान दिवसका अवसरमा आयोजना गरेको राष्ट्रिय धान दिवस एवं रोपाइँ कार्यक्रममा धान बीउ हस्तान्तरण गरेर उद्घाटन गरेका थिए। 

यता नेपाली कांग्रेस राष्ट्रियसभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला नेपाल किसान महासंघ झापाले आयोजना गरेको हल्दीबारीस्थित धान महोत्सवमा रांगा नारेर रोपाइँमा सहभागी भए। 

उनीहरुबाहेक प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय सरकारका प्रमुखहरुसम्मले पनि रोपाइँमा सहभागी भई धान दिवस मनाएका छन्। राष्ट्रिय समाचार समिति (रासस)का अनुसार देशैभर आज कार्यक्रम गरी रोपाइँ तथा धान दिवस मनाइएको छ। 

हेर्नुहोस् नेता सहभागी रोपाइँका केही तस्बिरहरु 

सबै तस्बिर : रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad