कारोबार


सुनको मूल्य लगातार ओरालो, आज पनि घट्यो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
सुनको मूल्य लगातार ओरालो, आज पनि घट्यो

नेपालखबर
असार १५, २०८२ आइतबार १४:१४, काठमाडौँ

सुनको मूल्य आज पनि घटेको छ। आज चाँदी पनि सस्तिएको छ। 

गएको शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

सुनको मूल्य आज तोलाको एक लाख ८८ हजार चारसय रुपैयाँमा झरेको छ। 

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८९ हजार चार सय रुपैयाँ थियो। 

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य तोलामा नौ हजार पाँचसय रुपैयाँ गिरावट आएको छ। 

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad