ad ad

कारोबार


मेरियट होटलद्वारा कर्मचारी र अतिथिकाे सुरक्षा प्रयास

मेरियट होटलद्वारा कर्मचारी र अतिथिकाे सुरक्षा प्रयास

नेपालखबर
चैत २७, २०७६ बिहिबार ८:५०,

नक्सालमा अवस्थित काठमाडौं मेरियट होटलले यस्तो महामारीको अवस्थामा सम्पूर्ण अतिथिहरु र कर्मचारीहरुको सुरक्षा सुनिश्चित गर्न विशेष कदम चालेको छ। होटलले यस्तो स्थितिमा पनि कोरोनारहीत विश्व बनाउन चौबीसै घण्टा काम गरिरहेका कर्मचारीहरुको प्रशंसा स्वरुप मुटु आकारको चिन्ह अंकित गरेको छ।

नेपाल सरकारको निर्देशन अनुसरण गर्दै होटलले पूर्ण क्षमताले काम नगरेको भएपनि यसले होटलमा पहिले नै बसिरहेका अतिथिहरुको सेवा यथासक्दो गरिरहेको छ। होटलमा डब्लूएचओद्वारा निर्दिष्ट रोकथामका उपायहरुको बारेमा पोस्टर र साइनबोर्डहरु राखिएको छ जसले अतिथिहरु र कर्मचारीहरुलाई शिक्षा दिँदै आइरहेको छ।

होटलले अतिथिहरु चेक इन गर्दा तापक्रम पनि जाँच गरिरहेको छ। कर्मचारीहरुलाई पनि अतिथिहरु कम्तीमा ३ फिटको दूरिमा बसिरहेको सुनिश्चित गर्न कडा निर्देशन दिइएको छ। यसका साथै आवश्यकता र कुनै प्रकारका मेडिकल आवश्यकतालाई सहयोग गर्न अन्य कर्मचारीहरु चौबीसै घण्टा उपलब्ध छन्।

ब्रेड र अन्य बेकरी आइटम अर्डरका लागि होटेलको पेटिसेरी र काठमाडौं बकि कम्पनी पनि खुल्ला रहेको होटलले छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .