कारोबार


एयर इन्डिया एक्सप्रेसले गुवाहाटी–दुबई सिधा उडान सुरू गर्दै, भाडा सस्तो

एयर इन्डिया एक्सप्रेसले गुवाहाटी–दुबई सिधा उडान सुरू गर्दै, भाडा सस्तो

नेपालखबर
असार १२, २०८३ शुक्रबार १८:९, काठमाडौँ

बजेट एयरलाइन्स एयर इन्डिया एक्सप्रेसले आसामको गुहाटीदेखि खाडी देशका सहरमा सस्तो मूल्यमा सिधा उडान सुरु गर्ने भएको छ। नेपालसँग सिमाना जोडिएका सिक्किम, पश्चिम बंगालसहितका राज्यबाट युएई र साउदी जानेहरु उल्लेख्य छन्।

सन् २०२४ मा भारतबाट साउदी अरब र संयुक्त अरब एमिरेट्स (युएई) जाने यात्रुको संख्या १ करोड ४० लाख भन्दा बढी रहेको आधिकारिक तथ्यांक छ। 

अहिलेसम्म भारतको उत्तरपूर्वी राज्यका यात्रुले अन्तर्राष्ट्रिय उडानका लागि नयाँ दिल्ली, कोलकाता जस्ता प्रमुख विमानस्थलहरु हुँदै कनेक्टिङ फ्लाइट समात्नु पर्ने बाध्यता थियो।

भारतको राष्ट्रिय ध्वजावाहक एयर इन्डिया ग्रुप अन्तर्गत बजेट एयरलाइन्सले यो सिधा उडान सुरु गरेपछि कनेक्टिङ फ्लाइटको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार अगस्ट ४ मा पहिलो पटक गुहाटीदेखि दुबईका लागि जहाज उड्नेछ। सिक्किम, पश्चिम बंगालको दार्जीलिङजस्तै असाम पनि धेरै नेपाली बसोबास गर्ने राज्य हो। 

असाम प्रदेश सरकारले नेपाली भाषालाई एशोसिएट अफिसियल ल्याङ्वेजको मान्यता दिएको छ। पश्चिम बंगालको बागडोगोराभन्दा टाढा परे पनि सस्तो टिकटमा दुबई र साउदी जाने यो उडानले केही नेपाली लाभान्वित हुन सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad