ad ad

अटो


लकडाउनमा थन्किएका सवारीसाधनको हेरचाह कसरी गर्ने?

लकडाउनमा थन्किएका सवारीसाधनको हेरचाह कसरी गर्ने?

नेपालखबर
चैत २७, २०७६ बिहिबार ८:५३,

नेपालभर लकडाउनको तेस्रो हप्ता चलिरहेको छ। वैशाख ३ सम्म यो कायमै रहनेछ भने परिस्थिति हेरेर सरकारले यसलाई पुनः लम्ब्याउन पनि सक्छ। देशै ठप्प हुँदा लाखौँ सवारीसाधन यतिकै थन्किएका छन्।

लामो समय गाडी थन्क्याएर राख्दा बिग्रिने सम्भावना बढी हुन्छ। सोही कारण आफ्ना सवारीसाधन कसरी जोगाउने भनेर कम्पनीहरुले विभिन्न सुझावहरु पनि दिइरहेका छन्। खासगरी नचलाई राख्दा सवारीसाधनको इन्जिन, ब्याट्री, टायर, ब्रेक, स्टेरिङमा ध्यान दिनुपर्ने उनीहरु सुझाव दिन्छन्।

ब्याट्रीमा ध्यान दिऔँ
किया मोटर्सका अनुसार लामो समय यतिकै राख्दा गाडीको ब्याट्रीमा समस्या आउन सक्छ। यस्तो बेला के गर्ने त? कम्पनीका अनुसार गाडीको ब्याट्री लाइफ दुरुस्त अवस्थामा राख्न प्रत्येक ७ दिनमा कमसेकम १० मिनेटजति इन्जिन चलेको हुनुपर्छ।

c l jee
सीएल पासवान

त्यस्तै, करिब २६ वर्ष अटोमोबाइल क्षेत्रमा बिताएका सीएल पासवान लामो समय गाडी पार्किङ गर्दा ब्याट्रीमा ध्यान दिनुपर्ने बताउँछन्। ‘ब्याट्रीको तार सकेसम्म डिस्कनेक्टेड गरी राख्नुपर्छ। यसले ब्याट्री ड्यामेज हुनबाट बचाउँछ’, पासवानले नेपालखबरसँग भने ।

एयर टाइटको ख्याल गरौँ
पासवानका अनुसार पार्किङ गर्दा धेरै गाडी बाहिर घाममा पनि भएको हुनसक्छ । त्यस्तो बेला ‘एयर टाइट’मा पनि ध्यान दिनुपर्छ। गाडीभित्र कतै न कतैबाट सामान्य हावा छिर्ने ठाउँ राख्नुपर्छ अन्यथा बाहिर बढी घाम लागेर गाडी तात्यो भने सिसा पड्किने समस्या हुन सक्छ।

इन्जिन जोगाऔँ
अर्को महत्वपूर्ण कुरा इन्जिनको अवस्था रहेको बताउँछन् उनी। तेल र लुब्रिकेन्टको अवस्था कस्तो छ भन्ने पनि ख्याल गर्नुपर्छ। लामो समय इन्जिन खाली पर्यो भने खिया लाग्न सक्छ। गाडीको कुलिङ स्टिमको पनि त्यत्तिकै ध्यान दिनुपर्छ।

How to take care of your car during lockdown | Stuff.co.nz

पार्किङ गर्दा ढाकेर राखौँ
गाडी पार्किङ गर्दा कभर गरेर राख्नुपर्छ। तर छोपेर राखेको गाडीलाई पानीले भिजाइदियो भने गाडीको कलर बिग्रिन सक्ने उनी बताउँछन्।

‘गाडी भिजेको भए सुकाएर मात्रै गाडीमा कभर लगाउनुपर्छ’, उनको सुझाव छ, ‘दुई पाङ्ग्रे सवारीको लागि पनि प्राविधिक कुरा एउटै हो। पार्किङ गर्दा डबल स्ट्याण्डमा राख्नु राम्रो हुन्छ।’

७ दिनमा १ पटक अघि वा पछि चलाउनुहोस्
टायरमा फ्ल्याट स्पट हुनबाट बचाउनका लागि प्रत्येक ७ दिनमा एक पटक गाडीलाई अघि वा पछि चलाउनुपर्छ। यसले गर्दा टायरको सुरक्षा पनि हुन्छ।

How to look after your car during lockdown | RAC Drive

१४ दिनमा कारको एसी अन गर्नुहोस्
प्रत्येक १४ दिनमा कारको एसीलाई अन गरेर राख्नुपर्छ । यो अवस्थामा कारको ढोकाका सिसाहरु लगाएर राख्नु पर्छ ।

पार्किङमा ह्यान्ड ब्रेकको ख्याल गर्नुहोस्
किया मोटर्सका अनुसार लामो समयसम्म गाडीलाई पार्किङ गरेर राख्दा ह्यान्ड ब्रेकलाई उपयुक्त अवस्थामा राख्नुपर्छ, जसले गर्दा ब्रेक प्याडमा समस्या आउँदैन। यो अवस्थामा अटोमेटिक गियरबक्स भएको गाडी छ भने गाडीलाई ‘पी’ मोडमा र म्यानुअल छ भने फस्र्ट वा रिभर्स गियरमा राख्नुपर्छ ।

मेकानिक्सले ध्यान दिनुपर्ने कुरा
लक डाउनको अवस्थामा सवारी अधिकांश सवारीसाधन पार्किङमै रहे पनि केही अत्यावश्यक सवारी भने गुडिरहेका हुन्छन्। गुडिरहने सवारी जहिले पनि बिग्रिन सक्छ। त्यसको लागि मेकानिक्स जहिले पनि तयार रहेको हुनुपर्छ।

पासवानका अनुसार कोरोना संक्रमण गाडीको माध्यमबाट पनि सर्नसक्ने गाडीको सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ। कारको स्टिलको भागमा ३ दिन, प्लास्टिकको भागमा ७ दिनसम्म कोरोना रहेको हुनसक्छ। मेकानिक्सले गाडीको बढी छोइने भाग ढोका, स्टेरिङ, डिगी जस्ता ठाउँ छुदाँ पन्जा लगाएर मात्रै छुने गर्नुपर्छ।

सवारीलाई मर्मत गर्नुपहिले पन्जा र मास्क अनिवार्य प्रयोग गरी ‘डिस इन्फेक्सन’ स्प्रे प्रयोग गर्नुपर्छ। त्यो सम्भव नभए सरफ पानीले एकपटक गाडी पखालेपछि मात्रै गाडी मर्मतको काम गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .