कारोबार


घटेकोघटै बाणिज्य बैंकहरूको ब्याजदर,यी बैंकको ब्याज सबैभन्दा सस्तो

घटेकोघटै बाणिज्य बैंकहरूको ब्याजदर,यी बैंकको ब्याज सबैभन्दा सस्तो

नेपालखबर
असार १, २०८२ आइतबार ११:२२, काठमाडौँ

बाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर असारमा पनि घटेको छ। असारका लागि बैंकहरूले सार्वजनिक गरेको ब्याजदरमा अधिकांशले जेठकै दरलाई निरन्तरता दिएका छन् भने केहीले थप घटाएका छन्। 

आजबाट लागु हुनेगरी १५ वाणिज्य बैंकले पुरानै ब्याजलाई निरन्तरता दिने भएका छन् भने ५ बैंकले न्युनदरमा ब्याज घटाएका छन्। 

व्याज घटाउनेमा कृषि विकास बैंक, एनएमबी बैंक, एनआइसी एशिया बैंक, कुमारी बैंक र एभरेस्ट बैंक रहेका छन्।

असार महिनाका  लागि व्यक्तिगत निक्षेपमा २० वाणिज्य बैंकहरुमध्ये कृषि विकास बैंक र नेपाल बैंकले ५.४५ प्रतिशत,नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंकले ५.५ प्रतिशत, सिटिजन बैंकले ५.६५ प्रतिशत ब्याज कायम गरेका छन्।

यस्तै कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नबिल बैंक र सिदार्थ बैंकले ५.७५ प्रतिशत ब्याज कायम गर्दा एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत ब्याज कायम गरेका हुन्। 

प्रभु बैंक, प्राइम बैंक, स्टान्टडर्ड चार्टड बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र एनआइसी एशिया बैंकको ब्याज भने ६ प्रतिशत माथि पुगेको हो। समग्रमा बाणिज्य बैंकहरुको असारका लागि औषत ब्याजदर ५.९० प्रतिशतमा रहेको छ। 

बाणिज्य बैंकहरूले व्यक्तिगत तर्फको निक्षेपमा मात्र नभएर संस्थागत तर्फका निक्षेपमा पनि न्युनदरमा ब्याज घटाएका छन्। बाणिज्य बैंकहरुले असारका लागि संस्थागत तर्फको ब्याजदर औषतमा ४.३७ प्रतिशत कायम गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad