सेयरबजारमा ७.५० अंकको सुधार आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक उक्त अंकले बढेर २५९७.८० विन्दुमा चढेको हो।
योसँगै बिहीबार ४ अर्ब ५६ करोडको किनबेच भएको छ। कुल ९४ लाख कित्ता बिक्रीमा यो परिमाणको कारोबार भएको हो।
यस दिन १२० वटा सेयर अधिकतम १४.९६ प्रतिशतसम्म बढ््दा १५२ वटा सेयर अधिकतम ८.७७ प्रतिशतसम्म घटेका छन्। तीनवटाको भने मूल्य स्थिर छ।
आज २४ करोडसम्मको उच्च कारोबार भएको छ। बिहीबार फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन घट्दा बाँकी समूह बढेका छन्।
12
Shares

प्रतिक्रिया