सुनको मूल्य आज पनि बढेको छ। गएको शुक्रबार प्रतितोला चार हजार दुईसय रुपैयाँ बढेको सुनको मूल्य आज ताेलामा थप चारसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुन तोलाकाे एक लाख ९७ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ। गएको शुक्रबार सुनको मूल्य एकलाख ९७ हजार एकसय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार एकसय ६५ रुपैयाँमै स्थिर रहेको महासंघले जनाएको छ।
1.7k
Shares

प्रतिक्रिया