कारोबार


भन्सार विधेयक पारित भएसँगै राजश्व चुहावट नियन्त्रण हुन्छः अर्थमन्त्री पौडेल

भन्सार विधेयक पारित भएसँगै राजश्व चुहावट नियन्त्रण हुन्छः अर्थमन्त्री पौडेल

नेपालखबर
जेठ २६, २०८२ सोमबार १५:५७, काठमाडौँ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक, २०८० पारित भएसँगै राजश्वको चुहावट नियन्त्रण गर्न सहज हुने बताएका छन्।

सोमबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्तावउपर सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले विधेयक पारित भएर कार्यान्वयनमा आएसँगै भन्सार प्रणालीलाई पारदर्शी र विश्वसनीय बनाउन एवं अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न ठूलो योगदान दिने बताए।

उनले सांसदहरूले विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिएकोमा धन्यवाद व्यक्त गरे।

भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको जिकिर गरे। 

उपप्रधानमन्त्री पौडेलले भने, ‘यो विधेयकको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा जोड दिनुभएको छ। त्यसै भएर नै यो भन्सार सम्बन्धी विद्यमान कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यका साथमा भन्सार विधेयक, २०८० को प्रक्रिया अघि बढेको छ। यस विधेयकका उपर विज्ञ, विशेषज्ञहरुलाई राखेर पनि छलफल गरिएको छ। अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेट्ने कोशिस गरिएको छ।’

अर्थमन्त्री पौडेलले विधेयक पारित भएर कार्यान्वयनमा जाँदा भन्सार प्रशासनमा रहेका र राजश्व परिचालनमा धेरै समस्या समाधान हुने दाबी गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad