प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन्। केहीबेर अघिदेखि उनले त्यहाँ छड्के अनुगमन गरिरहेको राउतको सचिवालयले जनाएको छ।
उनी आकस्मिक रुपमा अदालत परिसर पुगी सेवाग्राहीसँग अन्तर्क्रिया गरेका थिए। उनी न्यायपरिषद्का केही कर्मचारीहरू लिएर जिल्ला अदालत पुगेका हुन्।
यसअघि उनी गत चैत १९ गते सर्लाही जिल्ला अदालतमा पनि छड्के अनुगमनका लागि पुगेका थिए।
सर्लाही अदालतमा प्रधानन्यायाधीशको छड्के, कर्मचारीलाई थाहै नदिई सेवाग्राहीका गुनासा संकलन
4.8k
Shares

प्रतिक्रिया