कारोबार


‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित

‘भन्सार विधेयक, २०८१’  प्रतिनिधि सभाबाट बहुमतले पारित

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १५:४०, काठमाडौँ

‘भन्सार विधेयक, २०८१’ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ।

सभाको मंगलबारको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो। 

मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। 

सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन्। विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताए।

उनले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताए। उनले विधेयकलाई समृद्ध बनाउनको लागि सुझाव दिने सांसदहरुलाई धन्यावाद समेत दिए।

उनले भने, ‘भन्सार बिन्दुहरुमा बेथिति नहोस्। त्यहाँ हाम्रो राजश्वमा चुहावट नहोस् र अनियमितता नहोस् र व्यापारीहरु पीडित नबनुन् भन्ने कोणबाट सुझावहरु आएका छन्। भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी कोणबाट समेत प्रभावकारी बनाइयोस् भनेर पनि सुझाव दिनुभएको छ। यी सबै सुझावहरुको लागि म सबै माननीयज्युहरुलाई धन्यवाद भन्न चाहन्छु।’

विधेयकले कानूनको रुप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज हुने मन्त्री पौडेलको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad