नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी विदा भएका छन्।
२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारी पाँच वर्षे कार्यकाल सकेर विदा भएका हुन्।
शुक्रबार विदाइ कार्यक्रममा गभर्नर अधिकारीले पाँच वर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि सफल भएको बताए। उनी कोभिड सुरु भई देश पूर्ण लकडाउनमा जाँदै गर्दा राष्ट्र बैंकको बागडोर सम्हाल्न आइपुगेका थिए।
अर्थतन्त्र अस्तव्यस्तको अवस्थामा पुरानै लयमा फर्काउने चुनौतीका बीच गभर्नरको पाँच वर्षे कार्यकाल सफल रहेको उनको भनाइ छ। कार्यक्रममा अधिकारीले सरकारबाटै राष्ट्र बैंकको स्वायत्ततामा प्रहार भएको बताए। त्यसलाई बचाउन सर्वोच्च अदालतको भूमिका सह्राहनीय भएको उल्लेख गरे।
‘सरकारबाटै केन्द्रीय बैंकको स्वयत्ततामा प्रहार भए पनि सर्वोच्च अदालतबाट स्वायत्तता बचाउन मेरो कार्यकालमा महत्त्वपूर्ण भूमिका खेल्यो’, उनले भने।
Shares

प्रतिक्रिया