कारोबार


गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुको संख्या बढ्दै, एकै महिना ६ हजार ७७९ यात्रु

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रुको संख्या बढ्दै, एकै महिना ६ हजार ७७९ यात्रु

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८१ आइतबार १८:३३, काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्मकै धेरै यात्रुले आवागमन गरेका छन्।

भैरहवाको विमानसथलबाट फेब्रुअरी महिनामा ११५ उडानमार्फत ६ हजार ७७९ ले आवागमन गरेका हुन्। 

भैरहवा विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईबाट २४०३, जजिराबाट ३२६५, थाई एयर एसियाबाट १०९७ , नेपाल एयरलाइन्सबाट १ र १३ जना चार्टर उडानमार्फत आवतजावत गरेका छन्।

उक्त उडानहरूमा २११ विदेशी यात्रु थिए। त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा ४०४० जना ट्रान्जिट यात्रु रहेको तिवारीले जानकारी दिए। 

नोभेम्बर २०२४ बाट उडान भएयता फेब्रुअरी महिनाका यात्रु सबैभन्दा बढी हुन्। विमानस्थलका अनुसार जनवरी २०२५  मा १३६५ यात्रु र डिसेम्बर २०२४ मा ३८७८ तथा नोभेम्बरमा ४२७९ जना यात्रुले यहाँबाट आवागमन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad