कारोबार


५ रूपैयाँमा १ लिटर शुद्ध खानेपानी पाइने वाटर एटीएम राख्दै महानगर

५ रूपैयाँमा १ लिटर शुद्ध खानेपानी पाइने वाटर एटीएम राख्दै महानगर

नेपालखबर
चैत ९, २०७६ आइतबार १०:३०,

काठमाडौं महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँमा स्वच्छ पिउने पानीका लागि स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटिएम) राखिने भएको छ।

यसका लागि आज काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबीच सहमतिपत्रमा हस्ताक्षर भएकाे महानगरले जनाएकाे छ।

राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर सुन्दर शाक्यको रोहवरमा महानगरकातर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बोर्डका तर्फबाट कार्यकारी निर्देशक सञ्जीबबिक्रम राणाले हस्ताक्षर गरेका हुन्।

सम्झौताबमोजिम चालु आर्थिक बर्षभित्र वडा ४ को शंखपार्क, वडा १५ स्वयम्भूको भुइँखेल, वडा १६ को बालाजु पार्क, वडा २८ को शंखधर पार्क र वडा ३१ को ट्रलीबस सेवा भएको कम्पाउण्डमा वाटर एटिएम राखिनेछ ।

Image result for water atm

यी ठाउँमा वाटर एटिम स्थापना गरेर आउँदो ३ बर्षसम्म सञ्चालन व्यवस्थापनको काम बोर्डले गर्नेछ भने महानगरपालिकाले एटिम राख्ने ठाउँ, बिजुली र सुरक्षा उपलब्ध गराउनेछ।
सम्झौतापछि बोल्दै प्रमुख शाक्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि प्रबिधिजन्य प्रणाली जडान गर्दै लगिने बताए।

काठमाडौं उपत्यकाका १५ ठाउँमा वाटर एटिम राख्ने योजना रहेकाे महानगरले जनाएकाे छ। सम्झौतापछि बोर्डका कार्यकारी निर्देशक राणाले भने, ‘अहिले नचाहिए पनि १ लिटर पानी अनिवार्य किन्नुपर्ने अवस्था छ। एटिम जडान भएपछि उपभोक्तासँग आफूलाई चाहिनेजत्ति मात्र पानी किन्ने बिकल्प उपलब्ध हुनेछ।’

उनले अहिले १ हजार ५ सय लिटरको ट्यांकीबाट दिइने सेवालाई पछि सोझै मेलम्चीको पाइप जडान गरिने योजना सुनाए। स्थापनापछिका ३ महिना सञ्चालन व्यवस्थापनसहित एटीएमको लागत मूल्य करिब १५ लाख ७५ हजार रहने महानगरले जनाएकाे छ।

बटुवालाई चाहिएको ठाउँ र चाहिएको मात्रामा स्वच्छ पिउने पानी उपलव्ध गराउनु एटीएम स्थापनाको उद्देश्य रहेकाे महानगरकाे भनाइ छ।

के हो वाटर एटीएम?
वाटर एटीएम एउटा उपकरण हो। यसमा २ रुपैयाँको क्वाइन खसालेपछि ३०० मिलिलिटर पानी निस्कन्छ। त्योभन्दा बढी पानी चाहिए थप रकम खसालेर प्राप्त गर्न सकिन्छ। यसमा ५ रुपैयाँ तिर्दा १ लिटर पानी प्राप्त गर्न सकिन्छ। यो पानी बोतलमा थाप्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad