कारोबार


धितोपत्र बोर्डले दिन थाल्यो सेयर निष्कासनको स्वीकृति, यी दुई कम्पनीको आईपीओ आउँदै

धितोपत्र बोर्डले दिन थाल्यो सेयर निष्कासनको स्वीकृति, यी दुई कम्पनीको आईपीओ आउँदै

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १३:२१, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पाइपलाइनमा रहेका कम्पनीहरुलाई प्रथामिक सेयर निष्कासनको अनुमती दिन थालेको छ। बोर्डले बिहीबारबाट आईपीओ निष्कासन स्विकृत गर्न थालेको हो।

सोबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मास्युटिकल्सलाई आईपीओ निष्कासनको अनुमती दिएका हुन्। 

जसमा इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ता र मेघाश्रीले १८ लाख कित्ता सेयर निष्कासन अनुमति पाएका छन्। दुवै कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न अनुमति पाएका हुन्।

बोर्डबाट अनुमती पाएसँगै अब चाँडै यी कम्पनीले आईपीओ निष्कासन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad