राजनीति


संसद्लाई प्रभावकारी बनाउन चार दलका प्रमुख सचेतक सहमत भयौं : महेश बर्तौला

संसद्लाई प्रभावकारी बनाउन चार दलका प्रमुख सचेतक सहमत भयौं : महेश बर्तौला

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १३:२२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका पुख्य सचेतक महेश बर्तौलाले संसद्का मुख्य चार दलका प्रमुख सचेतकहरुले संसद्लाई प्रभावकारी बढाउन एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको  दाबी गरेका छन्। 

शुक्रबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको चार दलका प्रमुख समेतकहरुको छलफललले यस्तो निस्कर्ष निकालेको उनले सुनाए। उनले सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरु छिटो–छरितो ढंगबाट कानुन निर्माणको तहमा पुर्‍याउन संसदीय दलहरुले भूमिका खेल्ने विषयमा छलफल भएको बताए। 

‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्नसक्छौं, हामीले साझा ढंगबाट संसदभित्रका कामहरु कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं,’ छलफलपछि बर्तौलाले भने, ‘सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरुका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ। र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं।’

विषेशगरी चार वटा दलहरुका प्रमुख सचेतकहरु संसद् कानुन निर्माणमा अब्बल छ भन्ने सहमितमा पुगेको समेत बर्तौलाले सुनाए। ‘लामो समयसम्म सरकारले संसदमा विधेयक दिने र संसद्ले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई अगामि दिनमा कसरी अगाडि बढाउन सक्छौं,’ उनले भने, ‘अगामि दिनमा सरकारले संसद्लाई दिएको बिजनेस वा विधेयकहरु छिटो छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्‍याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भूमिका खेल्ने हो? हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने? यी लगायतका विषयमा हामीले छलफल गर्‍यौं। आम रुपमा हाम्रो आजको बैठकको निष्कर्ष भनेको संसद्को प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद् अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिंगो दलहरु एक ठाउँमा उभिएर काम गर्ने निस्कर्षमा पुग्यौं।’

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad