विवादित व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
विशेष अदालतले उनीविरुद्ध दायर सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा पठाउने आदेश गरेपछि भट्टले त्यसविरुद्ध सर्वोच्चमा निवेदन दिएका हुन्।
उनले दिएको निवेदनको पेसी सोमबारलाई तोकिएको छ।
भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको थियो।
त्यही अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा लगेको थियो। त्यसको सुनुवाइ गर्दै विशेषले थुनामा पठाउने आदेश दिएको थियो।
111
Shares

प्रतिक्रिया