शुक्रबार सुनको मूल्य ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८१ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन ३ हजार रुपैयाँ सस्तो भएको हो।
त्यस्तै बिहीबार प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन शुक्रबार ७८ हजार २ सय रुपैयाँमा झरेको छ। आज बजारमा चाँदी समेत ४० रुपैयाँ सस्तो भएको छ।
संघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको छ। चाँदी अघिल्लो दिन ८ सय ६० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको थियो।
यस्ताे छ फागुनमा सुन र चाँदीकाे प्रतिताेला मूल्य
प्रतिक्रिया