सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको १ सय ४९औं बैठकले सञ्चालक समितिको अध्यक्षमा रतनलाल केडियालाई चयन गरेको छ। केडिया यसअघि पनि अध्यक्ष रहेका थिए।
यही १३ गते सम्पन्न कम्पनीको १७औं वार्षिक साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने तीन जना सञ्चालकहरुमा रतनलाल केडिया, पवन कुमार अग्रवाल र राहुल अग्रवाललाई चार वर्षको लागि निर्विरोध निर्वाचित गरेको सिद्धार्थ इन्स्योरेन्सका उपप्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया