कारोबार


कैलाली र कञ्चनपुरका हुरीपीडितलाई एनआईसी एसियाको नगद सहयोग

कैलाली र कञ्चनपुरका हुरीपीडितलाई एनआईसी एसियाको नगद सहयोग

नेपालखबर
असार १८, २०७६ बुधबार ६:५२,

 एनआईसी एसिया बैंक लिमिटेडल कैलाली र कञ्चनपुरका हुरीपीडितलाई नगद सहयोग प्रदान गरेको छ। बैंकले गत जेठ २३ गते आएको हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा पु¥याएको क्षतिप्रति दुुःख व्यक्त गर्दै नगद दुई लाख सहयोग प्रदान गरेको जनाएको छ।

पीडित परिवारको पुनस्र्थापनाका लागि बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

सहयोग राशिको चेक बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरेका हुन्।

सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad