ad ad

कारोबार


सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छ : वनमन्त्री सुडी

सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्छ : वनमन्त्री सुडी

नेपालखबर
असार ९, २०८१ आइतबार १६:४७, काठमाडौँ

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका छन्।

आइतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री सुडीले सरकारले मन्त्रिपरिषद्बाट काठको मूल्य ३५ प्रतिशतले घटाउने निर्णय गरेको भन्दै अब सरकारले ४ खर्ब रुपैयाँको काठ बिक्री गर्ने बताएका हुन्।

उनले भने, ‘म तपाईंहरुको विश्वास दिलाउन चाहन्छु कि सरकारले यसपालि ४ खर्ब रुपैयाँको काठ बेच्छ। र ४ खर्ब रुपैयाँ वन मन्त्रालयको आम्दानी हुन्छ।’

उनले विगतमा काठको मूल्य बढी भएको कारणले नेपालका काठहरु बिक्री हुन नसकेका बताए। उनले एक, दुई महिना भित्रमा नै सबै नियम, कानून मिलाएर नेपाली काठलाई मलेसियन काठभन्दा महङ्गो पर्न नदिने बताए।

उनले वन ऐन २०२९ लाई छिटोभन्दा छिटो संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफू त्यसमा दृढ सङ्कल्पित रहेको बताए।

मन्त्री सुडीले वन ऐन संशोधन गर्नका लागि संसदमा छिटो पेश गरिने जानकारी दिए।

उनले भने, ‘वन ऐन २०२९ को लागि म एकदम दृढ संकल्पित छु। यो ऐनलाई सुधार गर्नुपर्छ। जुन कानुन राजाको समयमा, पञ्चायति व्यवस्थाको समयमा बनेको त्यो कानुनले अहिलेपनि वन मन्त्रालय सञ्चालन गर्नुहुन्छ। यो कतिसम्म जायज छ? त्यसकारणले यो छिटोभन्दा छिटो संसदमा आउँछ।’

मन्त्री सुडीले नेपालमा आवश्यक पर्ने काठहरु नेपालकै प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले विदेश काठ उपयोग नगर्ने नीति लिनुपर्ने बताए। उनले सामुदायिक वनलाई नियमन तथा अनुगमन गरेर अझ बलियो बनाउनुपर्ने बताए।

उनले एक व्यक्तिले कम्तिमा १० वटा रुख रोप्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .