ad ad

राजनीति


नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेश

नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ राष्ट्रिय सभामा पेश

नेपालखबर
असार ९, २०८१ आइतबार १७:०, काठमाडौँ

राष्ट्रिय सभा बैठकमा नवीकरणीय ऊर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश भएको छ।

आइतवारको बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा दक्षता सम्बन्धी विधेयक, २०८१ सभा समक्ष पेश गरेका हुन्।

पेश गर्दै उनले नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका लागि सुलव मूल्यमा भरपूर ऊर्जाको आपूर्ति सुनिश्चित हुने बताए।

उनले ग्रामिण ऊर्जा नीति, २०६३ र राष्ट्रिय उर्जा दक्षता कार्यान्वयन नीति, २०७५ ले परिकल्पना गरेबमोजिम क्रमश नविकरणी ऊर्जा एवं उर्जा दषताको क्षेत्रमा काम गर्ने निकायहरुको काम, कर्तव्य, अधिकार, दायित्व तथा जिम्मेवारी सम्बन्धी कानूनी व्यवस्था हुने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .