हिमालयन रिइन्स्योरेन्सले भारतीय पुनर्बीमक कम्पनी जीआईसी रिबाट ट्रिटी पाउने भएको छ।
दायित्व बाँडफाँटसहित हिमालय रिइन्स्योरेन्सले जीआईसी रिबाट ट्रिटी पाउने भएको हो।
भारतीय सरकारी स्वामित्वको पुनर्बीमकबाट ट्रिटीमा हिस्सा प्राप्त गर्ने सम्बन्धमा दुवै पक्षबीच सम्झौता भएको कम्पनीले जनाएको छ।
‘जीआइसी रिजस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ’, कम्पनीले भनेको छ।
जीआईसी रि विश्वको १६औँ ठूलो पुनर्बीमक कम्पनी हो। यसको संयुक्त लगानीमा भुटानमा समेत पुनर्बीमा कम्पनी सञ्चालनमा छ।
189
Shares
प्रतिक्रिया