ad ad

खेल


एभरेस्ट र पुलिस प्रधानमन्त्री कप भलिबलको फाइनलमा

एभरेस्ट र पुलिस प्रधानमन्त्री कप भलिबलको फाइनलमा

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २४, २०८१ बिहिबार १३:४८, काठमाडौँ

एभरेस्ट भलिबल क्लब अपराजित रहँदै काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार भएको महिलातर्फ दोस्रो खेलमा एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै एभरेस्टले एक खेलअगावै फाइनलमा स्थान बनाएको हो। 

पहिलो र दोस्रो सेट जितेको एपीएफले त्यसपछिका तीन सेट लगातार गुमायो। एभरेस्टले पहिलो सेट २३–२५ ले तथा दोस्रो सेट १३–२५ ले गुमाएको थियो। तर त्यसपछिका तीन सेटमा पुनरागमन गर्दै एभरेस्टले अपराजित यात्रालाई कायम राखेको हो। 

तेस्रो सेट एभरेस्टले २५–१७, २५–२२ र १५–८ सेटले आफ्ना पक्षमा पार्‍यो। 

एभरेस्टको जितसँगै नेपाल पुलिस क्लब पनि अंक तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ। 

लिगमा अपराजित पुलिस क्लबले लिगका चार खेलबाट ११ अंक बनाएको छ। समान खेलबाट एभरेस्टले ११ अंक बनाएको छ। 
तेस्रो स्थानका लागि एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्।

आजै भएको पहिलो खेलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै लिगमा पहिलो जित हासिल गरेको छ।

तस्बिर : सरोज नेपाल

डायमन्डले कर्णालीलाई २५–११, २५–१६ र २५–२२ ले हराएको हो।

जितसँगै डायमन्डले अंक तालिकामा खाता खोलेको छ। एभरेस्ट र कर्णाली भने लिग चरणबाटै बाहिरिएका छन्।

तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .