कारोबार


इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्ने मौका

इसेवाबाट लाइफ इन्स्योरेन्स नवीकरण गर्दा दुबई घुम्ने मौका

नेपालखबर
जेठ २०, २०८१ आइतबार १६:०, काठमाडौँ

भुक्तानी सेवा प्रदायक इसेवाले प्रयोगकर्ताहरूका लागि जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ।

जसमा एक भाग्यशाली विजेताले बम्परमा दुबई ट्रिपका साथै अन्य थुप्रै उपहारहरु जित्ने मौका पाउनेछन्।

कम्पनीका अनुसार जेठ २० देखि आसार ३१ सम्म चल्ने यो अफरमा इसेवासँग आवद्ध रहेका १२ वटा बीमा कम्पनीहरूमा जीवन बीमाको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरुले हरेक हप्ता आकर्षक उपहारहरु पाउनेछन्।

हरेक हप्ता एक भाग्यशाली जोडीले सोल्टी होटल काठमाडौँमा १ दिन २ रातको लागि ‘स्टेकेसन प्याकेज’ पाउनेछन् भने ५ भाग्यशाली विजेताले इसेवा केयर प्राप्त गर्नेछन्।

साथै, बम्परमा ६ दिन ५ रातका लागि दुबई घुम्न जाने (फुल्ली फन्डेड दुबई ट्रिप) अवसर पाउनेछन्। यसका साथै विभिन्न जीवन बीमा कम्पनीहरुको प्रिमियम तिर्दा रु १००० सम्म क्यासब्याक तथा अन्य आकर्षक उपहारहरु पाउन सक्नेछन्।

इसेवाका प्रमुख व्यवसाय अधिकृत आशिष गौतमका अनुसार सरकारी नीतिगत तवरबाट नै डिजिटल भुक्तानीलाई प्राथमिकता र प्रोत्साहन गर्ने कुरा अघि बढि रहेको समयमा, डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको दायित्त्व स्वरुप प्रयोगकर्ताहरुमा यसको महत्त्व र आवश्यकताबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरिएको हो।

यस अन्तर्गत प्रयोगकर्ताहरुले इसेवा मार्फत सजिलै आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने व्यवस्था गरी प्रयोगकर्ताहरुमा डिजिटल भुक्तानी तर्फ थप उत्साह सिर्जना हुने पनि बताएका छन्।

इसेवा लि सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस इसेवा लि सहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यका बाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन्।

हाल इसेवामा ८० लाख भन्दा बढि दर्ता भएका ग्राहकहरु, २५०,००० भन्दा बढि एजेन्टस्, ४९ बैंकहरु, ४५ लघुवित्तहरु, तथा ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad