कारोबार


आगामी वर्ष ९ सय मेगावाट विद्युत थप हुने, जनताको लगानीमा माथिल्लो अरुण बन्ने

आगामी वर्ष ९ सय मेगावाट विद्युत थप हुने, जनताको लगानीमा माथिल्लो अरुण बन्ने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:४६, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत थप हुने लक्ष्य राखेको छ। बजेटले अर्को वर्ष कुल ४ हजार ५ मेगावाट पु¥याउने उल्लेख गरेको छ। 

सरकारले मात्रै निर्माण गरिरहेको प्रशारणलाइन निर्माणमा निजी क्षेत्रलाई सहभागिता गराउने भएको छ। 

सुख्खा यामको विद्युत आपूर्ति पुरा गर्न १२०० मेगावाटको बूढीगण्डकी, ६७० मेगावाटको दूधकोशी, ४७० मेगावाटको नलसिंघा जलसाययुक्त आयोजना र २८० मेगावाटको नौमुरे बहुउद्देश्य आयोजनाको निर्माण सुरु गरिनेछ। 

जनताको जलविद्युत कार्यक्रम अन्तरगत १६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला र १०० मेगावाटको तामाकोशी ५, ४२ मेगावाटको मोदी ए र २१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजना निर्माण गरिने बजेटमा उल्लेख रहेको छ। 

सुनकोशी तेस्रोको अध्ययन र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानीको इन्जिनियरिङ डिजाइन कार्यक्रम शुरु गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad