कारोबार


काठमाडौँ र बुटवलमा सूचना प्रविधि पार्क बनाइने

काठमाडौँ र बुटवलमा सूचना प्रविधि पार्क बनाइने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:४८, काठमाडौँ

काठमाडौँ उपत्यका र बुटवलमा उच्च गतिको इन्टरनेट, विद्युत र सुरक्षा लगायतका पूर्वाधारका लागि  सूचना प्रविधि पार्क बनाइने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले बुटवल र काठमाडौँमा सूचना प्रविधि पार्क बनाउने बताएका हुन्। जसमा ३ वर्षसम्म निशुल्क वर्क स्टेसन बनाइने छ। 

यस्तै बजेटमा सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक सूचना हव सञ्चालनका लागि काठमाडौँको डिल्लीबजारस्थित चारखालमा संरचना निर्माण गर्ने र ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माण गर्न १७ करोड रुपैयाँ विनियोजन गरिने जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad