राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक रहेको छ। राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षमा ६५ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ।
६ महिनामा २३.६१ प्रतिशत मात्रै खर्च भएको हो।
चालु आर्थिक वर्षमा २ अर्ब ४३ करोड, पूँजीगत तर्फ ५६ अर्ब ३५ करोड र ६ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेकोमा चालु तर्फ ७४ करोड, पूँजीगत तर्फ १४ अर्ब ७५ करोड र वित्तिय तर्फ २४ लाख मात्रै खर्च भएको अर्धवार्षिकी समीक्षामा देखिएको छ।
गौरवका आयोजना मध्ये तामाकोशी जलविद्युत, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेका छन्। मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा बाढीबाट क्षति भएपनि आंसिक रुपमा चलेको छ।
१८ सय ७९ किलोमिटर लामो पुष्पलाल राजमार्गको १४ सय १७ किमी कालोपत्रे भएको छ। कुल १३७ पुल मध्ये १०२ वटा सम्पन्न भएका छन्। हुलाकी राजमार्गको १८५७ किमी मध्यै १ हजार ६० किमी कालोपत्रे र १३४ वटा पुल निर्माण भएका छन्।
१६२ किमीको कोशी कोरिडोर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। ३० किलोमिटर ग्राभेल र ११ वटा पुल निर्माण सकिएका छन्। कालिगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुंगाको २९३ किमी मध्ये १८३ कालोपत्रे सकिदाँ ३४ वटा पुल सकिएका छन्। उक्त कोरिडोरकै बेनी जोमसोम कोरला २०२ किमी मध्ये ४० किमी कालोपत्रे भएको, १० वटा पुल र ३ वटा बेलि ब्रिज निर्माण भएका छन्।
कर्णाली करिडोरमा हिल्सा सिमिकोट खण्डको १४६ किमी मध्ये ११ किमी नेपाली सेनाले निर्माण गरिरहेको छ। बाँकी १३५ किमी मध्ये १३४ किमी निर्माण भैरहेको छ। १ किमी ट्रयाक खोल्ने काम बाँकी रहेको छ। खुलालु सलिसल्ला खण्डमा १२३ किमी मध्ये ट्रयाक खुली सकेको र ग्राभल तथा कालोपत्रेकोलागि ठेक्का प्रक्रिया अघि बढेको छ।
काठमाडौं तराई द्रुर्तमागर्का ७०.९७ किमी सडक मध्ये ३ किलोमिटर सुरुङ निर्माण र १४८३ वटा पाइल निर्माण भएका छन्।
निजगढ विमानस्थलको मोडालिटी तय हुन बाँकी, बुढीगण्डकी जलविद्युत आयोजनाको जग्गा मुआब्वा वितरण भैरहेको, पश्चिम सेती मोडालिटी टुंगिन बाँकी रहेको छ।
बबई सिंचाई आयोजनाको ८१ किमी नहर निर्माण, २४.३२ किमी शाखा नहर निर्माण भैसकेको छ। सिक्टा सिचाई आयोजना पूर्वी मूल नरहको र पश्चिमतर्फ शाखा नहर निर्माणको काम भैरहेको छ।
रानी जमरा कुलरिया सिंचाई आयोजनाको गेट जडान कार्य सकिएको छ। पावर हाउको काम करिब ९५ प्रतिशत सकिएको छ।
भेरी बबई डाइभर्सन आयोजनाको पावरहाउस निर्माण कार्य, हाइड्रोमेकानिकाल निर्माैण कार्य सम्झौता, १२.२ किमी शुरुङ निर्माण भैसकेको छ।
सुनकोशी मरिन डाइभर्सनको हाइड्रो मेकानिकल लगायतका निर्माण संगै विपी राजमार्गको ९ सय ६५ मिटर सडक परिवर्तन र ७.४ किमी सुरुङ निर्माण सकिएको छ।
Shares

प्रतिक्रिया