कारोबार


नेपालको ग्रासरुट फुटबल विकासमा हुन्डाईको पहल, हुन्डाई नेक्स्ट जेन कप सम्पन्न

नेपालको ग्रासरुट फुटबल विकासमा हुन्डाईको पहल, हुन्डाई नेक्स्ट जेन कप सम्पन्न

नेपालखबर
असार २९, २०८३ सोमबार १७:१८, काठमाडौँ

नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि ले एजी १० एकेडेमीसँगको सहकार्यमा ‘हुन्डाई नेक्स्ट जेन कप’ सफलतापूर्वक सम्पन्न गरेको छ।

यस पहलले हुन्डाई नेपालको ग्रासरुट फुटबलको विकास र नेपाली फुटबलका भावी प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यस्वरुप उक्त प्रतियोगिता गरिएको हो।

ललितपुरस्थित च्यासल मैदानमा आयोजित १६ वर्षमुनिको एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। फिफा विश्वकपले विश्वभर फुटबलप्रति उत्साह जगाइरहेको बेला हुन्डाई नेपालले भने प्रत्येक खेलाडीको यात्रा सुरु हुने स्थानीय मैदानमै भविष्यका प्रतिभाका लागि अवसर सिर्जना गर्ने अभियानलाई प्राथमिकता दिएको जनाएको छ। 

विश्वकपको आधिकारिक पार्टनरका रूपमा हुन्डाईले आफ्नो विश्वव्यापी ब्रान्ड भिजन नेक्स्ट स्टार्ट्स नाउअनुरूप नेपालमा पनि ग्रासरुट फुटबलको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा टिम क्रेटा इलेक्ट्रिक, टिम भेन्यु, टिम आयोनिक ५, टिम एक्सटर, टिम कोना, टिम क्रेटा, टिम ग्रान्ड आई१० नियोस र टिम पलिसेड गरी आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि टिम भेन्यु विजेता बन्दा टिम क्रेटा इलेक्ट्रिक उपविजेतामा सीमित रह्यो।

प्रतियोगिताले युवा खेलाडीहरूलाई व्यवस्थित प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, सिक्ने, आत्मविश्वास अभिवृद्धि गर्ने तथा खेलप्रतिको समर्पणलाई अझ मजबुत बनाउने अवसर प्रदान गर्‍यो। साथै, एजी १० एकेडेमी सँगको सहकार्यमार्फत नेपाली फुटबलको ग्रासरुट विकासमा दीर्घकालीन योगदान पुर्‍याउने साझा उद्देश्यलाई थप सुदृढ बनाएको छ।

यस अवसरमा एजी १० एकेडेमी का निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको अभाव कहिल्यै नरहेको बताउँदै अवसरको मात्रै कमी रहेको उल्लेख गरे। 

यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई पूरा गर्ने आत्मविश्वास पनि दिने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad