ad ad

कारोबार


गभर्नर भन्छन्- बैंकको नाफा घट्दैमा आत्तिनुपर्दैन, ऋणको ब्याजदर एकल अंकमा आउँछ

गभर्नर भन्छन्- बैंकको नाफा घट्दैमा आत्तिनुपर्दैन, ऋणको ब्याजदर एकल अंकमा आउँछ

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १७:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय आर्थिक अवस्था सकारात्मक हुँदै गएको बताएका छन्।

बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बाह्य क्षेत्रको सुधार भएको बताएका हुन्।  

प्रोभिजन (खराब कर्जाबापत बैंकहरुले छुट्याउनुपर्ने रकम) ले गर्दा बैंकहरुको नाफा घटेको भन्दै उनले यसमा धेरै चिन्ता गर्नुपर्ने अवस्था नभएको बताए। 

‘प्रोभिजनिङका कारणले बैंकको नाफा घटेको अवस्था छ। भोलि प्रोभिजनिङको रकम बैंकमा नै फर्किने भएकोले त्यसमा चिन्ता गर्नुपर्ने अवस्था छैन’, उनले भने, ‘अन्य ठाँउमा जस्तो सानो घटनाले बैंकहरु कोल्याप्स भएको सुनिन्छ। तर हामी कहाँ ठूलो दबाब पर्दा पनि बैंकहरु सस्टेन भइरहेको हुन्छन्, नेपाल राष्ट्र बैंकले यसलाई महत्वका साथ हेरेको छ।’

अहिले आर्थिक गतिविधि शिथिल रहेकोले रिकभरिमा समस्या रहेको अधिकारीको जिकिर थियो। आर्थिक अवस्था शिथिल भए पनि तथ्य र तथ्यांकले सपोर्ट नै गरिरहेको अधिकारीले दाबी गरे। 

उनले सुधार भएको अवस्थालाई हेरेर नै राष्ट्र बैंकले नीतिहरू खुकुलो बनाउँदै गएको बताए। 

‘अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा केही रिकभरिमा समस्या भए पनि अन्य तथ्य र तथ्यांकहरूले हामीलाई सपोर्ट गरेको अवस्था छ। राष्ट्र बैंकले सुधार हुँदै गएको अवस्थामा अरू नीतिहरूलाई पनि सहज बनाउँदै लगेको छ’, अधिकारीले भने।

तरलता बढ्दै गएकोले कर्जाको माग बढ्ला भन्ने अपेक्षा राष्ट्र बैंकले राखेको उनले बताए। 

त्यही हिसाबले पोलिसी रेट पनि घटाएको उनको भनाइ छ। घट्दै गएको बेस रेटलाई हेर्दा अधिकारीले आउने दिनमा कर्जाको ब्याजदर एकल अंकमा आउने बताए।

‘अहिले बेस रेट घट्दो क्रममा छ। यसले पनि अधिकांश कर्जा १० प्रतिशतमा प्रवाह गर्नुपर्ने अवस्था आइसकेको छ। अधिकांश वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर एकल विन्दुमा जाने जस्तो देखिइसकियो’, अधिकारीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .