नेपालको चिया निर्यात अभिवृद्धिमा दिगोपना कार्यक्रमको विनियोजित बजेट फुकुवा भएको छ।
युरोपेली लगानी कोष (ईआईएफ)बाट आएको अनुदान बजेटरी प्रणालीबाट विनियोजित छ।
उक्तमध्ये हालको लागि ४५ लाख ५५ हजार रकम फुकुवा भएको र सो मार्फतको रकम भुक्तानीको लागि कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई निर्देशन दिएको छ।
यस कार्यक्रमको वार्षिक बजेट ७ करोड ३९ लाख रहेको छ। यसमध्ये यो पटकको फुकुवासहित कुल फुकुवा ५ करोड ८ लाख रुपैयाँ पुगेको छ। अहिले चालू आर्थिक आधा समय सकिएको छ।
18
Shares
प्रतिक्रिया