राजनीति


यसरी चुनिन्छन् माओवादीका केन्द्रीय सदस्य

यसरी चुनिन्छन् माओवादीका केन्द्रीय सदस्य

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८० आइतबार १४:३५, काठमाडौँ

नेकपा माओवादी केन्द्रले ५० जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन गर्ने व्यवस्था प्रस्ताव गरेको छ।

यस्तै अध्यक्षदेखि कोषाध्यक्षसम्मका २३ जना पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चुन्न प्रस्ताव छ।

बाँकी २४ सदस्य भने मनोनीतबाट चयन गर्नुपर्ने सुझाव छ। 

मौजुदा विधानमा २ सय केन्द्रीय समिति रहेको व्यवस्था परिमार्जन गर्दै माओवादीले निर्वाचन र मनोनित दुईवटा विधि अपनाएर केन्द्रीय समिति ९९ बनाउन सुझाव दिएको छ। 

जसमा प्रदेश क्षेत्रबाट निर्वाचित गर्ने केन्द्रीय सदस्यकोसमेत संख्या तोकिएको छ। 

विभिन्न एकता प्रक्रियाबाट माओवादी केन्द्र बनेपछि उसले आगामी फागुन १देखि ३ सम्म विधान सम्मेलन गर्दैछ। 

उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेलसहितका नेताहरुले विधान मस्यौदा तयार पारेका हुन्। 

प्रत्यक्ष निर्वाचित प्रणाली अपनाउने व्यवस्था गर्दै विधान मस्यौदा तयार पारेको हो। 

कुन प्रदेशबाट कति 
जसमा प्रदेश नं १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र उपत्यका प्रदेशबाट ४-४ जना सदस्यका दरले ३२ जना हरेक प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।

उल्लेखित प्रदेशबाट १-१ जना महिला अनिर्वाय गरिनेछ। प्रतिष्ठान बाट १ महिला सहित ३ जना, एशोसियटबाट १ र प्रवासबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

आरक्षित : १२ जना केन्द्रीय सदस्य दलित २, आदिवासी जनजाति ३, मधेसी ३, मुस्लिम २, अल्पसंख्यक १ र अपाङ्ग-घाइतेबाट १ सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .