साताको पहिलो दिन बजार परिसूचक नेप्से ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.३६ अंकले घटेर २०२२.९२ विन्दुमा रोकिएको हो।
१.२८ प्रतिशतको गिरावटका बाबजुद बजारमा ५ अर्ब २४ करोड रुपैयाँको खरिदबिक्री भएको नेप्सेले जनाएको छ। दिनभरिमा १ करोड ५२ लाख कित्ता सेयर बिक्री हुँदा उक्त परिमाणको कारोबार भएको हो।
योसँगै ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको र ६ वटाको बिहीबारकै मूल्यमा कारोबार भएको छ।
जसले कमाए
आज बजारमा सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कमपनीको सेयर १० प्रतिशतले बढेपछि उनीहरुले प्रतिकित्ता ३८.८० रुपैयाँ कमाएका हुन्।
यसबाहेक मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, धौलागिरि लघुवित्तलगायतका सेयरधनीले पनि ९ प्रतिशत आम्दानी गरेका छन्।
जसले गुमाए
यता सर्वाधिक कारोबारमा भने सोनापुर मिनरल्स अगाडि छ। कम्पनीको २८ करोडको सेयर कारोबार भएको हो। दिनभरिमा ९८ हजार ६ सय ३२ पटक कारोबार भएको थियो।
Shares

प्रतिक्रिया