दक्षिण छिमेकी देश भारतले नेपाललाई दिने अनुदान रकम कटौती गरेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमनले आर्थिक वर्ष सन् २०२०/०२१ को लागि घोषणा गरेको ३०.४२ ट्रिलियन भारतीय बजेटमा नेपाललगायतका देशलाई दिने अनुदान कटौती गरेकी हुन्।
कटौतीसँगै यो वर्ष नेपाललाई भारतले विदेशी अनुदानमार्फत ८ अर्ब भारु दिनेछ। यो भनेको साढे १२ अर्ब नेपाली रुपैयाँ हो। अघिल्लो वर्ष भारतले पछि थपिएको २ अर्बसँगै कुल १२.५ अर्ब भारु अनुदान दिएको थियो।
भारतले नयाँ बजेटमार्फत अनुदान दिने धेरै देशलाई दिने रकम कटौती गरेको हो। यस वर्ष भारतले ६९ अर्ब भारु दिनेछ।
यसअघि ७५ अर्ब भारु अनुमानित अनुदान दिने बताइए पनि नयाँ बजेटमा अनुदान रकम कटौती गरिएको हो। नेपाल मौरिसस र भुटानपछि धेरै अनुदान पाउने देश हो।

प्रतिक्रिया