सेयर बजार दोहोरो अंकले घटेको छ। आज २३.८२ अंकले घटेको बजार १८२९.६५ विन्दुमा झरेको हो। नेप्से परिसूचकमा गिरावट आउदा कारोबार खुम्चिएको छ। नेप्सेमा ९५ करोडको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ९ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएका ३१ कम्पनीको सेयरमूल्य बढ्दा २०१ कम्पनीको घटेको छ। त्यसैगरी, पाँच कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज मेन्छियाम हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक ८.१३ प्रतिशतले बढेको छ। हिमालय डिस्टीलरीको सर्वाधिक ७ करोड ७८ लाखको कारोबार भएको छ।
माथिल्लो मौलुङखोला जलविद्युत कम्पनीको सर्वाधिक ९.९४ प्रतिशतले सेयरमूल्य घटेको छ।
मंसिर ५, २०८०, मंगलबार
24
Shares
प्रतिक्रिया