ad ad

कारोबार


अर्थमन्त्री महतद्वारा अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षसँग नेपालमा लगानी बढाउन आग्रह

अर्थमन्त्री महतद्वारा अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षसँग नेपालमा लगानी बढाउन आग्रह

नेपालखबर
असोज २३, २०८० मंगलबार १८:२५, काठमाडौँ

मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन्। बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ।

बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरूको पाइपलाइन विकास गर्न र वित्तिय उपकरणहरू (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारी मार्फत परियोजना विकास गर्न आइएफसिले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ।

अर्थमन्त्री डा. महतले नविनतम  वित्तीय उपकरणहरू मार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरू जस्ता क्षेत्रमा लगानी विविधिकरण गर्न नवीन वित्तिय उपकरणहरू परिचालन गर्नु पर्ने विषयमा जोड दिए।

खासगरी विदेशी विनिमय जोखिमको कारणले आईएफसी मार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यून्किरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसीले निजी क्षेत्र विन्डोलाई ब्लेन्डिङ फाइनान्सको रूपमा उपयोग गर्न साथै इक्विटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रूपमा परिचालन गर्नु पर्ने बताए।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेश गर्न लागेको जानकारी गराउदै कर्जा सूचना व्यवस्थापन सम्बन्धी कानून निर्माणमा आएएफसिको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए।

साथै स्थानीय मुद्रामा आधारित बन्ड मार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा जानकारी गराए। अर्थमन्त्रीले आगामी कन्ट्री पाटनरसीप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण बिषय समावेश हुने विश्वास व्यक्त गरे।

आईएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रबर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सह्राना गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्र मार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको बताउदै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे।

उक्त अवसरमा अर्थमन्त्री महतको आईएमएफ तथा विश्व बैंक दक्षिण पूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्विपक्षीय हितका विषयमा वार्ता छलफल भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .