ad ad

खेल


जसले एसियाडमा पदकविहीन हुनबाट जोगाए (तस्बिरहरू)

जसले एसियाडमा पदकविहीन हुनबाट जोगाए (तस्बिरहरू)

सरोज नेपाल
असोज २३, २०८० मंगलबार १८:४४, काठमाडौँ

चीनको हाङ्जाओमा आइतबार सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालमा प्रतिनिधित्व गरेका खेलहरू एकपछि अर्को पदकविहीन हुँदा कबड्डीले भने साख जोगाउन सफल भयो।

एसियन गेम्समा नै नेपालले जितेको यो पहिलो पदक हो। १ रजत र १ कास्य पदक जितेको नेपाली टोली मंगलबार नेपाल आइपुगेको छ। 

करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य पदक जितेर नेपाली टोली पदकविहीन हुनबाट जोगिएको थियो।

एसियाडमा नेपालका २९ खेलका २ सय ५३ खेलाडीले सहभागिता थियो। 

मंगलबार नेपाल फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पदक विजेता टोलीलाई सम्मान गरेको छ। 

राखेपले पदक विजेता टोलीलाई नगर परिक्रमा गराउँदै सम्मान गर्ने बताएको थियो। 

तर, इजरायलमा भएको हिंसामा १० नेपालीले ज्यान गुमाएपछि नगर परिक्रमा कार्यक्रम भने स्थगित गरिएको थियो।

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .