कारोबार


रोयल इन्फिल्डले सार्वजनिक गर्‍यो दुई नयाँ मोटरसाइकल, मूल्य कति?

रोयल इन्फिल्डले सार्वजनिक गर्‍यो दुई नयाँ मोटरसाइकल, मूल्य कति?

नेपालखबर
भदौ २८, २०८० बिहिबार २०:५७, काठमाडौँ

रोयल इन्फिल्डको दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ। रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५०cc Dark Edition र क्लासिक ३५०cc Chrome Edition सार्वजनिक गरेको हो।

कम्पनीले क्लासिक ३५० cc Dark Edition को मूल्य ५ लाख २५ हजार रुपैयाँ र Chrome Edition को मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ।

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ। यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ।

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर - ओयल कुल्ड एसआएचसी एफआइ रहेको कम्पनीले जनाएको छ। उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ ब्रेकर्ड्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एग्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्स र ट्वीन सक अब्जवर जस्ता फिचरहरू पाउन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad