ad ad

कारोबार


महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन

महिन्द्रा पावरोलका ग्राहकलाई फ्री सर्भिस कुपन

नेपालखबर
भदौ १०, २०८० आइतबार १८:४७, काठमाडौँ

महिन्द्रा पावरोलले अटोमोटिभ एण्ड फार्म इक्युपमेन्ट सेक्टर्स अन्तर्गतको महिन्द्रा पावरोल डिजेल जेनरेटरहरूका लागि सर्भिस, मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेड लगायतको सहभागिता रहेको थियो। अन्य सहभागीहरूमा अग्नि मोटोइन्कको सेल्स एण्ड सर्भिस टोलीका साथै नेपालका सबै डिलर र प्राविधिकहरूको सहभागिता थियो।

यसै कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ पनि गरिएको थियो। यो सेवा कूपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्नेछन्। यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले निःशुल्क श्रम सेवा तथा प्राविधिक टोलीबाट चौबिसै घन्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरू को फाइदा लिन सक्नेछन्।

भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रुत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरू र मन छुने सेवाहरू प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउदै लैजाने योजना बनाएको छ।

महिन्द्रा पावरोलले भारतको दूरसञ्चार क्षेत्रमा सबैभन्दा मनपर्ने जेनसेट ब्रान्ड, पावर ब्रान्ड र पछिल्लो सुपरब्रान्डको रुपमा फ्रोस्ट एन्ड सुलिभान ‘भ्वाइस अफ कस्टमर’ अवार्ड जस्ता धेरै पुरस्कारहरू पनि जितेको छ।

टेलिकम बाहेक, महिन्द्रा पावरोल डीजी सेटहरूले विश्वव्यापी बजारहरूमा तथा नेपाली बजारमा विभिन्न प्रकारका उद्योगहरू र अन्य क्षेत्रहरु जस्तै बैंक, भवन र निर्माण, सार्वजनिक निकाय, अस्पतालहरू, होटलहरू, व्यक्तिगत घरहरूका ग्राहकहरूलाई निरन्तर पावर तथा सेवा प्रदान गरिरहेको छ।

अग्नि मोटोइंक, नेपालमा महिन्द्राका गाडी तथा ट्रयाक्टरका आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गतको भगिनी संस्था हो। अग्नि मोटोइंकको देशभर डिलर र शाखाहरू सम्मिलित बृहत संजाल रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .